ताजा समाचारहरु

आवास विभाग र समाज कल्याण विभागसित नयाँ सहभागिता

CHEER को दोभाषे सेवाहरू कसरी प्रयोग गर्ने भनेर परिचय गर्नलाई बहूभाषीय VCD

CHEER को दोभाषे सेवाहरू कसरी प्रयोग गर्ने भनेर परिचय गर्नलाई बहूभाषीय VCD

CHEER को दोभाषे र अनुवाद सेवाहरू विशेष गरेर हाम्रो टेलिफोन दोभाषे सेवा (TELIS) राम्रो संग प्रयोग गर्न जान्न अल्पसंख्यक जातीय (EM) सेवा प्रयोगकर्ताहरूलाई सहायता गर्न CHEER को समर्पणको रूपमा बाहासा इन्डोनेसिया, हिन्दी, नेपाली, पन्जाबी, तागालोग, थाई र उर्दू भाषाहरूमा रिकार्ड गरिएको दुई वटा VCD हरू बनाएको थियो।

VCD मा रेकार्ड गरिएको तीन वटा एपिसोडहरूमा CHEER ले प्रदान गरेको तीन विभिन्न दोभाषे सेवाहरू देखाउँछन्:

1. TELIS. यो हङकङमा प्रदान गरेको सबैभन्दा सुविधाजनक दोभाषे सेवा हो अनि यो निशुल्क हो। यो प्रयोग गर्नलाई सजिलो छ खालि दोभाषे हाँटलाइन नम्बरहरू डायल गर्न पर्छ अनि लाइन लागेपछि हाम्रो दोभाषेहरू दोभाषे सेवा प्रदान गर्नलाई त्यहाँ हुन्छन्। यस सेवाले समय मात्र नबचाएर प्रयोगकर्ताहरूको यातायात पैसा पनि बचाउनेछ।  

2. ठाउँमा गएर गर्ने दोभाषे सेवा (EIS) जसले सेवा प्रयोगकर्ता र सेवा प्रदाताहरू बीच CHEER को दोभाषेहरूको उपस्थितिमा आमने सामने संचार सजिलो बनाउँछ र;

3. पढेर गर्ने दोभाषे सेवा (OSIS).  यो सेवा सेवा प्रयोगकर्ताहरूको लागि हो जसले अंग्रेजीमा लेखिएको चिठ्ठीहरू पाउँछन् जो उनीहरूले बुझ्दैनन्। प्रयोगकर्ताहरू केन्द्रमा आउन सक्छन् जहाँ CHEER को दोभाषेले मातृ भाषामा विषयसूचीको मौखिक विवरण प्रदान गर्न सक्दछ। 

हामी आशा राख्दछौं कि EM प्रयोगकर्ताहरूले हाम्रो दोभाषे सेवाहरूको प्रवेश पाउन सक्छन् भनी जसले उनीहरूको अन्य सार्वजनिक सेवाहरू जस्तै समाज कल्याण, आवास र रोजगार इत्यादि को प्रवेश सजिलो बनाउछ। यसकारणले, यो VCD हङकङमा बस्ने सबै EM साथै उनीहरूलाई सेवा दिने सबै सार्वजनिक सेवा प्रदाताहरूको भलाईको लागि बनाइएको हो।

VCD को प्रतिलिपिहरू CHEER बाट उपलब्ध छन्। प्रतिलिपि पाउनलाई वा हाम्रो दोभाषे र अनुवाद सेवाहरूको बारेमा अधिक जान्नलाई, कृपया 3106 3104 मा फोन गर्नुहोस् वा cheer@hkcs.org मा मिस च्यानको लागि ईमेल गर्नुहोस्।

फाराम भर्ने सेवा

Form Filling - Nepali - small