सार्वजनिक परिवहनPrint

परिवहन

हङकङले उत्कृष्ट सार्वजनिक परिवहन नेटवर्कको घमण्ड गर्छ त्यसैले हङकङ वरिपरि घुम्न एकदमै सजिलो छ। 90 प्रतिशत भन्दा धेरै दैनिक यात्रा सार्वजनिक परिवहन हुन्छ, जुन संसार भरिमा सबैभन्दा उच्च दर हो। सार्वजनिक परिवहनमा विभिन्न प्रकारको साधन सम्मिलित छ जस्तै  

एम टी आर

मताधिकारी बस सेवा

मिनी बस

ट्राम

फेरी

ट्याक्सी 

एम टी आर: 

एम टी आर एउटा यस्तो रेलवे नेटवर्क हो जसले शहरी  क्षेत्र, न्यु टेरिटोरिज र लानताऊ आइलैण्ड साथै हङकङ अन्तर्राष्ट्रिय हवाई अड्डासित जोडिने चाँडो हिँड्ने रेल संचालित गर्छ। यसले मुख्यभूमि चीनमा बीजिंग, शंघाई, गुआंगज़ौ र ज़ाओक्वीन्ह जानकोलागि पनि रेल सेवाहरू प्रदान गर्छ। सबै रेलहरू र धेरै जस्तो एम टी आर स्टेशनहरू वातानुकूलित हुन्छ।

रेल हिडने बाटो र भाडाकोलागि निम्नलिखित वेबसाइटमा हेर्नुहोस्:

http://www.mtr.com.hk/jplanner/eng/planner_index.php

 

मताधिकारी बस सेवा

लगभग 700 बाटोहरूमा संचालन हुने यहाँ 5 निजी बस कम्पनीहरू छ जसले हङकङ भरि मताधिकारी बस सेवा प्रदान गर्छ । विश्वमा हङकङ थोरै शहरहरू मध्ये एक हुन् जहाँ सार्वजनिक रूपले संचालित हुने बस सेवाहरू छैनन्। तपाईलाई बसकोलागि टिकट किन्नु आवश्यक छैन। खालि भाडा ड्राइवरको छेउको बाकसमा हाल्नुहोस्। सबै बसहरूले आँक्टोपस कार्ड स्वीकार गर्छ। तपाई बसबाट झर्नु पर्दा रोक्ने बटन दबाउनुहोस्।

बस हिडने बाटो र भाडाकोलागि निम्नलिखित वेबसाइटमा हेर्नुहोस्:

http://www.kmb.hk/en/

मिनी बस  

मिनी बसहरू सानो यात्री बसहरू हुन् जसले लगभग १६ मानिसहरू चढाउनु सक्छ। हरियो मिनी बसहरू निर्धारित मूल्यमा विशेष बाटोहरूमा संचालित हुन्छ। बस चढ्दा ठीक भुगतान गर्न आवश्यक छ। आँक्वोपस कार्डहरू स्वीकार गर्छ। रातो मिनी बसहरू यस्तो बाटोहरूमा संचालित हुन्छ जुन सधै निर्धारित हुँदैन र विशेष प्रतिबन्ध लागू हुने ठाँउ बाहेक यात्रीहरू बाटोमा कुनै पनि ठाँउमा चढ्नु र झर्नु सक्छ। बसबाट झर्दा पैसा तिर्नुहोस्। सानो नोटको लागि ड्राइवरले खुद्रा पैसा दिन सक्छ। मिनी बसहरू भरिएपछि रोकिन्दैन जबसम्म कसैले झर्नकोलागि रोक्दैन। कृपया याद राख्नुहोस् कि मिनी बसहरु  उन व्यक्तिहरूको लागि सबभन्दा अनुकूल छ जो हङकङ संग परिचित छ र केहि मात्रामा कैनटोनीज बोल्नु सक्छ।  उपलब्ध भएमा यात्रीहरूले सीट बेल्ट लगाउनु कानूनी रूपले आवश्यक छ।

ट्राम

प्रतिदिन बिहानको 6:00 बजे देखि रातीको 12:00 बजे सम्म हङकङ ट्रामवेस केनेडी टाउन र शाउ के वान बीच 6 वटा बोटोमा संचालित हुन्छ। हङकङमा ट्राम परिवहनको लागि सबैभन्दा सस्तो साधन हो। दूरीको वास्ता नगरेर हरेक वयस्क यात्रीको लागि खालि HK$2:00 तिर्नु पर्छ । जेष्ठ नागरिक र नानीहरूले HK$1:00को कम भाडाको आनन्द लिन सक्छ। हालैमा हरेक ट्रामको अगाडिको निस्कने ढोका छेउमा आकटोपस रीडर सुसज्जित छ। मासिक टिकट पनि उपलब्ध हुन्छ र हङकङ ट्रामवेस विट्टी स्ट्रिट ट्राम डिपो, कसवे बे र नर्थ पोइन्ट टर्मिनसमा बिक्री गरिन्छ। 

 

फेरी

हङकङले नियमित रूपले फेरीको संचालन गरिरहेको छ जसले हङकङ आइलैण्ड, काउलून र अन्य बाहिरी आइलैण्डहरु साथै मकाउ अनि चीनको छिमेकी शहरहरूलाई जोड्ने बाटोहरूमा चल्ने गर्छ। स्टार

 

फेरी  

स्टार फेरीको सेवा प्रख्यात भए पनि साधारण छ र सबै फेरीहरु मध्ये सब भन्दा प्रमुख हो । स्टार फेरीले काउलून चिम शा चुई र हुङ हमको फेरी पियेर, हङकङ आइलैण्डमा वानचाई र सेन्ट्रलको फेरी पियेरबाट  काउलून र हङकङ आइलैण्डबीच सेवा दिन्छ ।

 

बाहिरी आइलैण्डहरुको सेवा

हङकङ आइलैण्डको सेन्ट्रल फेरी पियेरबाट चल्ने फेरीहरुले डिस्कभरी बे को साथै पेङ चाव, चेङ चाउ, लामा र लान्ताउको मुख्य बाहिरी आइलैण्डहरुबीच सेवा उपलब्ध गर्दछ । फेरीको अधिकतम बाटोहरुतिर दुई किसिमको फेरीहरु चल्छ साधारण फेरीहरु र छिटो चल्ने फेरीहरु जुनको भाडा अलिकति महँगो हुन्छ।

 

 

ट्याक्सी

टाडो ठाउँहरुमा बाहेक हङकङमा ट्याक्सीहरु प्रशस्त पाइन्छ र कुनै पनि बाटो (निषेध गरेको क्षेत्रहरु बाहेक)मा लिइन सकिन्छ या फोनद्वारा बोलाउनु सकिन्छ । सबै ट्याक्सीहरुमा मिटर, एयर कन्डिसन र सफा हुन्छ अनि साह्रै महँगो पनि हुँदैन ।

ट्याक्सीहरुको आफ्नो सेवाको क्षेत्र जनाउन तीन रंगको हुन्छ तर सबै ट्याक्सीहरुले एयरपोर्टसम्म सेवा दिन्छ।

रातो ट्याक्सीले तुङ चुङ बाटो र लान्ताउ आइलैण्डको दक्षिण भाग बाहेक हङकङको धेरै जसो ठाउँहरुमा सेवा दिन्छ ।

हरियो ट्याक्सीले न्यु टेरिटोरिसको ग्रामीण क्षेत्रहरुमा सेवा दिन्छ ; र

निलो ट्याक्सीहरु लान्ताउ आइलैण्डमा मात्र चल्छ ।

सन्दर्भ:

http://www.hktramways.com/en/service/index.html

http://www.discoverhongkong.com/eng/trip-planner/transport.html