अक्टोपस कार्डPrint

अक्टोपस  कार्ड

अक्टोपस कार्ड एउटा मूल्य जम्मा गरेको कार्ड हो जुनमा मूल्य फेरि भर्न सक्छ । यो कार्ड हङकङमा इलेक्ट्रनिक भुक्तानीहरु अनलाइन या आफलाइन सिस्टमहरुमा दिन चलाउन सकिन्छ । यो कार्ड सेप्टेम्बर 1997 बाट चलाउनु शुरु गरेको हो । यो कार्ड शुरु देखि लोकप्रिय भयो र शुरु गरेको पहिलो तीन महिनामा नै तीस लाखवटा कार्डहरु वितरण गरियो । हालैमा, परिभ्रमण भएको अक्टोपस कार्डको संख्या हङकङको जनसंख्या हेरी बेसी छ किन भने यो चलाउनकोलागि एकदमै सजिलो छ ।

चिन्ह

क्यान्टोनिजमा अक्टोपस कार्डलाई ‘पात दा चुङ’ भनिन्छ र यसको शाब्दिक अनुवाद “आठ-आई पुग्यो टिकट” हुन्छ । चिनिया भाषामा प्राय आठ नम्बर “ धेरै ”को सट्टामा प्रयोग गरिन्छ । त्यसै कारण “आठ-आई पुग्यो टिकट” लाई सजिलो प्रकारमा अनुवाद गर्यो भने “सबै दिशामा पुग्नु सक्ने” भनेर गर्न सकिन्छ । “अक्टोपस ”को अंग्रेजी नामको पनि त्यही अर्थ छ । कार्डमा प्रयोग गरेको नम्बर आठको चिन्ह गणित-सम्बन्धि चिन्ह इनफिनिटी “∞” सित तुल्य छ र त्यस चिन्हले अनंत सम्भावना प्रकट गर्छ ।

कहाँ किन्नु सकिन्छ

अक्टोपस एम टी आरको(MTR) स्टेशनहरु या अरु कुनै सार्वजनिक परिवहन संघहरुको ग्राहक सेवा केन्द्रबाट किन्न

 सकिन्छ ।

दाम

अक्टोपस कार्डको मूल्य भिन्न-भिन्न छन् र बच्चाहरुकोलागि HK$ 70, वयस्कहरुकोलागि HK$ 150 अनि जेष्ट नागरिकहरुकोलागि HK$ 70 छ । सबै कार्डहरुमा HK$ 50 को फिर्ता हुने डिपोसिट हुन्छ र बाँकी रहेको पैसा कार्डमा जम्मा हुन्छ । कार्डमा मूल्य शून्य या त्यो भन्दा कम्ती भयो भने, मूल्य भर्न सम्झनु होला नभए तपाईले कार्ड चलाउनु सक्नुहुँदैन । तपाईले कार्डमा पैसा ग्राहक सेवा केन्द्र या सेभेन इलेभेन, सर्कल के, वेलकम र पार्क ऐन शाप इत्यादि जस्तै मुख्य पसलहरुमा भर्नु सक्नु हुन्छ ।

प्रयोग

अक्टोपस कार्ड सबै सार्वजनिक परिवहन जस्तै एम टी आर, के सी आर, लाइट रेल र बसहरु इत्यादिमा चलाउनु सकिन्छ । यो कार्ड विभिन्न पसलहरु जसतै वेलकम, सेभेन इलेभेन, सर्कल के अनि फास्ट फुड पसलहरुतिर पनि चलाउन सकिन्छ ।

कसरी प्रयाग गर्ने

यो कार्ड प्रयोग गर्न धेरै सजिलो हुन्छ । यस कार्डलाई पढ़्न सक्ने यन्त्रमाथि राखेपछि भुक्तानी काटिन्छ र त्यो यन्त्रले तपाईको बाँचेको पैसाको मूल्यपनि देखाउँछ ।

 

सन्दर्भ:

अक्टोपस होल्डिङ लिमिटेड

वेबसाइट: http://www.octopus.com.hk/home/en/index.html