हाम्रो बारे

पृष्ठभूमि र उद्देश्यहरु

सेन्टर फर हार्मनी एन्ड एन्हान्समेन्ट अफ एथनिक माइनोरिटी रेसिडेन्टस् (CHEER) लाई हङकङका अल्पसंख्यक जातीयहरूले प्राप्त गर्न सक्ने सेवाहरु उपलब्ध गराउनका निम्ति सहायता गर्न गृह मामिला विभाग (HAD) द्वारा 2009 देखि वित्त पोषित गरिएको छ । दोभाषे सेवा तथा बहु-आयामी कार्यक्रमहरू द्वारा , CHEER ले निम्न उद्देश्यहरू प्राप्त गर्ने लक्ष्य राख्दछ:

  1. अल्पसंख्यक जातीयहरूलाई आवश्यक सार्वजनिक सेवा र स्रोतहरूको जानकारी प्रदान गर्न साथै उपलब्ध गराउनका निम्ति सहायता गर्न ।
  2. अल्पसंख्यक जातीयहरूको चिनियाँ र अंग्रेजी भाषामा प्रवीणता बढाउन ।
  3. हङकङमा अल्पसंख्यक जातीयहरूको समस्या समाधान गर्न र समायोजन क्षमतालाई बढावा दिन ।
  4. हङकङमा सामाजिक समावेशीकरण र एकीकरणलाई बढावा दिन ।

यो सेवा गृह मामिला विभाग द्वारा प्रायोजित गरिएको छ ।

लक्षित सेवा प्राप्तकर्ता

हङकङका सबै अल्पसंख्यक जातीयहरू, तथा अल्पसंख्यक जातीयका व्यक्तिहरूको सेवा गर्ने सबै संस्थाहरू ।

सेवाका लागि आवेदन

  • सबै अल्पसंख्यक जातीयहरुले TELIS हटलाइनहरुमा व्हाट्सएप, कल गर्न सक्छन् वा हाम्रा सेवाहरू निःशुल्क प्रयोग गर्नको लागि आवेदन फारम भर्न हाम्रो केन्द्रमा आउन सक्छन् । हाम्रा सेवाहरूमा दोभाषे सेवा, भाषा र एकीकरण कार्यक्रमहरू, परामर्श, मार्गदर्शन र रेफरल सेवाहरू समावेश छन् ।
  • अल्पसंख्यक जातीयहरूको सेवा गर्ने सबै संस्थाहरूले केन्द्रको संचालन अवधि भित्र TELIS हटलाइनहरूमा कल गर्न, इमेल वा फ्याक्स मार्फत अनुरोध गर्न सक्छन् । हाम्रा सेवाहरूमा दोभाषे तथा अनुवाद सेवाहरू (NGOहरु र सबै गैर-नाफामुखी किन्डरगार्टनहरू, प्राथमिक र माध्यमिक विद्यालयहरू, EDB मा सूचीबद्ध गरिएका कलेजहरूका लागि शुल्क माफ गरिएको छ), दोभाषे तथा अनुवाद सेवाहरू साथै सांस्कृतिक जागरूकता बारे निःशुल्क जानकारीमुलक कार्यक्रमहरु समावेश छन् ।

सेवाबाट बाहिरिन: सेवा प्रयोगकर्ताहरुले सेवाबाट बाहिरिन मौखिक रुपमा सेवा समाप्तिको लागि हाम्रो कर्मचारीसँग अनुरोध गर्न सक्छन् ।

अनुवाद तथा दोभाषे सेवाहरु बारे थप जानकारीको लागि, कृपया यहाँ क्लिक गर्नुहोस् ।

अन्य कार्यक्रमहरुको थप जानकारीको लागि , कृपया यहाँ क्लिक गर्नुहोस् ।

कृपया भाषा छनोट गर्नुहोस्