हाम्रो कार्यक्रम

सामुदायिक अभिमुखीकरण कार्यक्रमहरु

सामुदायिक अभिमुखीकरण कार्यक्रमहरु द्वारा EM नव आगन्तुकहरु र हङकङमा 7 वर्ष भन्दा बढी बसोबास गरेतापनि यी स्रोतसाधनहरु बारे अपरिचित हुने व्यक्तिहरुलाई सामुदायिक स्रोत तथा सुविधाहरु परिचित गराइन्छ । यस्ता कार्यक्रमहरूले स्थानीय संस्कृति, नीतिहरू, र कल्याणका स्रोतहरूसँग EM हरूलाई समायोजन गरी सामुदायिकमा एकिकृत हुन सहज बनाउँछ । EM बासिन्दाहरूलाई स्थानीय स्रोतहरूसँग परिचित गराउनका लागि,कार्यक्रमहरूमा ल्यान्डमार्कहरूको भ्रमण, ब्रीफिङ सत्रहरू, र खानपान , किनमेल, र यात्रा जस्ता दैनिक आवश्यकताहरूमा केन्द्रित आधारभूत संवादात्मक क्यान्टोनिज पाठहरू समावेश गरिएको छ । सो प्रयासहरूले EM बासिन्दाहरूलाई हङकङको जीवनमा घुल्मिल हुन र अनुकूल हुन मद्दत गर्ने लक्ष्य राखेको छ ।

क्यारियर तथा शैक्षिक मार्गदर्शन कार्यक्रमहरु

क्यारियर र शिक्षा मार्गदर्शन कार्यक्रमहरूले नव आगन्तुकहरु र तिनीहरूका स्याहारकर्ताका लागि शिक्षा र क्यारियर विकल्पहरू विस्तार गर्दछ। । CHEER ले EM हरूलाई रोजगार मेलाहरूमा भाग लिन र रोजगार, प्रशिक्षण, र शैक्षिक जानकारी पहुँचमा सहज बनाउन मद्दत पुर्याउँदछ । EM नव आगन्तुकहरुलाई CV लेखन, नाटकीय अन्तर्वार्ता, कार्य नैतिकता, शैक्षिक मार्ग र रोजगार अधिकार सम्बन्धी गोष्ठी र कार्यशालाहरू आयोजना गरी त्यसमा सहभागी हुन सहयोग गरिन्छ ।

i) मेन्टर@ होम योजना

मेन्टर@होम योजनाले स्वास्थ्य, हेरचाह, वा शारीरिक अशक्तताको कारण सामुदायिक शिक्षामा उपस्थित हुन नसक्ने EM हरुलाई 10 घण्टे एकका एक भाषा प्रशिक्षण प्रदान गर्दछ । यसले विशेष आवश्यकता भएका EM बालबालिका र उनीहरुको अभिभावकहरुलाई पनि सहयोग पुर्याउदछ । यस योजनाले आर्थिक बोझ वा कार्यलय समयको कारण कक्षामा उपस्थित हुन नसक्ने EM हरुलाई चिनियाँ र अंग्रेजी सिक्नमा सहयोग पुर्याउँदछ । यदि शिक्षक र विद्यार्थीहरु एकै साथ हुन नसक्ने खण्डमा जूम वा गुगल मीट मार्फत अनलाइन कक्षाहरु उपलब्ध गरिनेछ ।

ii) पियर असिस्टेड लर्निङ (PAL) क्लब

PAL क्लबले संरचित आन्तरिक र बाहिरी गतिविधिहरु मार्फत भाषा कक्षाहरु र मेन्टर@होम योजनाका सहभागीहरुलाई साथीसंगी द्वारा समर्थन गर्न मद्दत पुर्याउँदछ । यस्ता गतिविधिहरुले सहभागीहरूलाई शिक्षकको मार्गदर्शन मार्फत भाषाको गहन अभ्यास गर्नुको साथै फुर्सतका समयमा भाषा सिक्ने अवसर प्रदान गर्दछ ।

STEM कार्यक्रमहरु

STEM कार्यक्रमहरूले EM प्रयोगकर्ताहरूलाई दैनिक आवश्यकताहरू पूरा गर्न र समुदायमा एकीकृत हुन विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितमा कौशलता प्राप्त गर्न मद्दत गर्दछ । यी बहुआयामिक कार्यक्रमहरूले प्रविधिको विकास गर्ने र रमाईलो र सक्रिय तरिकामा क्षमताको अन्वेषण गर्ने लक्ष्य राख्दछ । कम्प्युटर सीपहरू सिकाउने मूल प्राविधिक साक्षरता कार्यक्रमहरूसँगै नयाँ STEM पहलहरूले थप अवधारणाहरू प्रस्तुत गर्नेछन्, जसले EM सेवाग्राहीहरूलाई सरल उपकरणहरू डिजाइन र निर्माण गर्न मद्दत पुर्याउनेछ ।

सामाजिक साक्षरता कार्यक्रम

i) रुचि तथा सूचना साझा कार्यक्रम

सामाजिक साक्षरता कार्यक्रमद्वारा शिक्षा, स्वास्थ्य र संगीत, खेलकुद र कला जस्ता रुचिहरूमा कार्यशाला, गोष्ठी र गतिविधिहरू मार्फत सार्वजनिक स्रोतहरूसँग परिचित गराइनेछ । यी कार्यक्रमहरूले समान रुचि भएका EM सेवाग्राहीहरूलाई उनीहरूको सामाजिक सञ्जालहरू विस्तार गर्न र बलियो बनाउन मद्दत गर्दछ ।

ii) सूचना दूत

EM सहभागीहरूले कार्यक्रमहरूमा स्वयंसेवक कार्य मार्फत आफ्नो बलियो पक्ष अन्वेषण गरी योगदान गर्न सक्दछन् । EM सूचना दूत कार्यक्रम द्वारा उनीहरूले प्राप्त गरेको जानकारीमूलक सामुदायिक स्रोतहरु आ-आफ्नो समुदायमा प्रचार गर्न जारी राख्न सक्नेछन् ।

iii) पारस्परिक सहयोग समूह

पारस्परिक सहयोग समूहहरूको सकारात्मक प्रभावलाई ध्यानमा राख्दै, EM समुदायको चासो बढाउन र तिनीहरूको सामाजिक सञ्जालहरू विकास गर्ने प्रयासहरू जारी राख्नेछ । समूहले सदस्यहरूलाई स्वयंसेवा गर्ने अवसरहरू प्रदान गर्नुको साथै EM बारे जागरूकता र सामाजिक सहभागिताको लागि तत्परता बढाउन सामाजिक मुद्दा र नीतिहरू बारे छलफल गर्नेछन् ।

iv) अभिभावक कार्यशाला र पारिवारिक गतिविधिहरू

वर्तमान अवस्थालाई मध्यनजरमा राख्दैं , सामाजिक साक्षरता कार्यक्रमले 2023-25 ​​बाट अभिभावकत्व र पारिवारिक सम्बन्धलाई सम्बोधन गर्नेछ । पारिवारिक सम्बन्धलाई प्रगाढ बनाउन कल्याणको लागि महत्त्वपूर्ण छ, त्यसैले यस आवश्यकतालाई समर्थन गर्न अभिभावकको सीप र पारिवारिक गतिविधिहरूमा गोष्ठी र कार्यशालाहरू सञ्चालन गरिनेछ ।

v) टोली निर्माण गतिविधिहरू

टोली निर्माणको महत्त्वलाई ध्यानमा राख्दै , विशेष गरी विद्यमान सामाजिक समूहहरूका EM सेवाग्राहीहरूका लागि सकारात्मक सामाजिक सञ्जालहरू सुदृढ गर्न र बलियो बनाउन गतिविधिहरू आयोजना गरिनेछ ।

सांस्कृतिक साक्षरता कार्यक्रम

i) अन्तर-सांस्कृतिक कार्यक्रमहरू

खानपान र कलाले प्रभावकारी रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई एकबद्ध गर्दछ , त्यसैले सांस्कृतिक साक्षरता कार्यक्रमहरूमा खाना पकाउने कक्षाहरू, कला कार्यशालाहरू, सांगीतिक गतिविधिहरू, र हङकङ, चिनियाँ र EM संस्कृतिहरू मनाउन भ्रमणहरू समावेश गरिनेछ । अन्तर-सांस्कृतिक कार्यक्रमहरूले EM र चिनियाँ बासिन्दाहरू बीचको अन्तरक्रिया द्वारा रूढीवादी र नकरात्मक अवधारणा हटाउन मद्दत गर्दछ ।

ii) सांस्कृतिक भ्रमण र यात्रा

सांस्कृतिक भ्रमण र यात्राहरूले EM सेवाग्राहीहरूलाई स्थानीय सांस्कृति बारे एक अद्वितीय परिप्रेक्ष्य प्रदान गर्दै हङकङको रितिरिवाज र दैनिक जीवन बारे बुझ्न सहयोग गर्दछ । यो भ्रमणले EM सेवाग्राहीहरुलाई हङकङका विभिन्न स्थानहरुको अन्वेषण गर्न मद्दत गर्नुको साथ उनीहरुले सम्पूर्ण क्षेत्र बारे ज्ञान बढाउने छन् ।

iii) CHEER का बहुसांस्कृतिक अन्वेषकहरू

EM बासिन्दाहरुमा मिलन्सार र मैत्री स्वभाव बढाउन , CHEER ले चिनियाँ तथा अन्य अल्पसंख्यक जातीय बासिन्दाहरूसँग संस्कृति साझा गर्न निरन्तर बहुसांस्कृतिक अन्वेषकहरु भर्ना गर्ने र प्रशिक्षण दिनेछ। यी अन्वेषकहरूले खानपान र कला सहितको विभिन्न विषयहरु समावेश गर्नेछ ।

iv) बहुसांस्कृतिक मेला
वर्षमा दुई पटक आयोजना हुने बहुसांस्कृतिक मेलामा हङकङको सांस्कृतिक विविधताको उत्सव मनाइन्छ। EM र चिनियाँ बासिन्दाहरूलाई हङकङ, चिनियाँ र अल्पसंख्यक जातीय संस्कृतिहरूका विभिन्न चाडपर्वहरू, परम्पराहरू र चलनहरू प्रस्तुत गरिने कार्यक्रमहरूमा सामेल हुन आमन्त्रित गरिन्छ ।

CHEER को प्लेग्रुप

CHEER को प्लेग्रुप द्वारा EM साना बालबालिकाहरूलाई खेलको माध्यमबाट सामाजिक अन्तरक्रिया र शिक्षा हासिल गर्न सक्षम बनाउदँछ । यस सत्रहरूमा, बच्चाहरूले नयाँ अनुभवहरू बटुल्न , साथीहरू र अभिभावकहरूसँग अन्तरक्रिया गर्न र भाषा कौशलता अभ्यास गर्न सक्छन् । बालबालिकाहरुमा सिक्नेशैली मनोरञ्जनात्मक बनाउन उमेर-उपयुक्त र रोमाञ्चक गतिविधिहरू तयार गरिन्छ ।

CHEER को बहुसंस्कृतिक स्काउट टोली

हङकङको जीवन्त, बहुसांस्कृतिक वातावरणले आत्मनिर्भरता र अनुकूलन क्षमता विकास गर्न बढावा दिन्छ । प्रारम्भिक एकीकरण प्रवर्द्धन गर्न, EM बच्चाहरूले संरचित प्रशिक्षण र रोल मोडेलहरूबाट केहि कुराहरु सिक्नेछन् । CHEER ले 5-8 वर्षका 6 बालबालिकाहरुको एक ग्रासहोपर स्काउट नामक बहुसांस्कृतिक स्काउट टोली गठन गरी उनीहरुलाई गतिविधि, खेलहरू,भम्रण र कार्यहरू मार्फत प्रशिक्षण प्रदान गर्नेछन् ।

सेवा जानकारी दिवस

EM समुदायहरू र विभिन्न सरोकारवालाहरु बीच सञ्जाल बनाउन, र EM हरूसँग स्थानीय चिनियाँ बासीहरूको अन्तरक्रिया गर्ने अवसरहरू प्रदान गर्न, वार्षिक सामूहिक कार्यक्रम सञ्चालन गरिनेछ । आवश्यकता र चासोहरूको मूल्यांकन अनुसार विषयवस्तु फरक हुनेछ , तर प्रत्येक कार्यक्रमले CHEER को जानकारी प्रचार गर्ने र EM सेवाग्राहीहरुलाई स्वयंसेवकको रूपमा समावेश गर्नेछ ।

अन्य समर्थन सेवाहरु

i) परामर्श / सल्लाह / मार्गदर्शन सेवाहरु

CHEER को अनुभवले EM हरुलाई मूलधार सेवाहरू पहुँच गर्न मार्गदर्शन, परामर्श र कहिलेकाहीं सल्लाहको आवश्यकता भएको देखाएको छ । सांस्कृतिक रूपमा संवेदनशील भएमा राम्रो मूल्याङ्कन र सिफारिस सेवाहरु सुनिश्चित गर्न सकिन्छ । CHEER ले युवाहरू र नव आगन्तुक EM हरूमा केन्द्रित तत्काल सल्लाह र समर्थन, वा सामाजिक कार्यकर्ताहरूद्वारा छोटो परामर्श प्रदान गर्न जारी राख्नेछ । आवश्यकता अनुसार एकका एक परामर्श र घर भ्रमण गरिनेछ ।

ii) सामान्य सोधपुछ तथा दृष्ट अनुवादन केसहरु

CHEER ले EM सेवाग्राहीहरूलाई ड्रप-इन सेवा, कार्यक्रमहरू, आउटरिच, र घर भ्रमणको क्रममा सामान्य सोधपुछ सेवाहरू र दृष्ट अनुवादन सेवा प्रदान गर्नेछ । यी सेवाहरू प्रत्येक्ष, इमेल, फ्याक्स, व्हाट्सएप र अन्य माध्यम मार्फत उपलब्ध हुनेछन् ।

iii) पहुँचयोग्य सेवाहरु

थप सम्भावित सेवा लक्षित वर्गहरुसँग जोडिन र अनुकूलित कार्यक्रमहरू प्रदान गर्न , CHEER ले घर-घर जाने र घर भ्रमण गर्ने विशेष गरी उपविभाजित फ्ल्याटहरू र नयाँ सार्वजनिक आवसीय क्षेत्रहरूमा आउटरिच सेवाहरू प्रदान गर्नेछ ।

विकासात्मक कार्यक्रमहरु

i) रुची आधारित विकासात्मक कार्यक्रमहरु

EM युवा सहभागीहरूको हालको अनुभव र प्रतिक्रियाहरू ध्यानमा राख्दै, विकासात्मक कार्यक्रमहरु तयार गर्दा रुचि र ईच्छाहरूमा बढी ध्यान केन्द्रित गरिनेछ ,ताकि कार्यक्रमहरू युवाहरूको विकासात्मक चरण अनुरूप बनाइयोस्, र EM युवाहरूको ईच्छा अनुसार भविष्यमा थप विकास गर्न अन्वेषण गर्न सकून्। कार्यक्रमहरु खेलकुद, संगीत, कला, साहसिक क्रियाकलाप आदिसँग सम्बन्धित हुनेछन् ।

ii) युथ राउन्ड टेबल

हाम्रा कार्यक्रमहरूमा आबद्ध हुने EM युवाहरूलाई हाम्रा सेवाहरू बारे आफ्ना विचारहरू साझा गर्न र भावी कार्यक्रमहरूमा उनीहरूको चासो र विचारहरू सङ्कलन गर्नको निम्ति वर्षमा एक पटक युथ राउन्ड टेबलको आयोजना गरिन्छ ।

iii) जब स्याडोयिङ प्रोजेक्ट

जब स्याडोयिङ प्रोजेक्टले युवाहरुलाई रोजगारका लागि तयार हुन एक कार्यस्थलको अनुभव प्रदान गर्न गर्दछ । यसमा 16 वर्ष भन्दा माथिका युवाहरुलाई विभिन्न कम्पनीहरूसँग दुई दिने स्याडोयिङ कार्यक्रम ,प्रशिक्षण, उद्घाटन र समापन समारोहमा सामिल गरिन्छ । यस परियोजनाले मेन्टर(शिक्षक) को अनुभव मार्फत कार्य योजनालाई प्रेरित गर्ने र थप कम्पनीहरूलाई सहभागी हुन प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।

क्यारियर तथा जीवन योजना कार्यक्रमहरु

क्यारियर र जीवन योजना कार्यक्रमहरूले युवाहरूलाई क्यारियर अन्वेषण र निर्णय गर्ने सीपहरू प्रदान गर्न पाठ्यक्रम र सेमिनारहरू प्रदान गर्दछ । प्राथमिक उपचार, फिट्नेश र योग तालिम जस्ता कार्यशाला र प्रशीक्षणहरु आयोजना गरिनेछ । CHEER ले अनुशासनात्मक विभागहरु जस्तै करेक्शनल सर्भिस डिपार्टमेन्ट , फायर सर्भिस डिपार्टमेन्ट, र हङकङ पुलिससँग पनि क्यारियरको लागि मार्गदर्शन प्रदान गर्न सहयोग गर्नेछ ।

CHEER को बडीज ग्रुप

विगतका अनुभवको आधारमा, साना समुहका EM युवाहरू सामाजिक सञ्जालहरु बारे बुझ्ने र विकास गर्न बढी सक्रिय र प्रभावकारी छन् । CHEER को बडीज ग्रुप ले कला र खेलकुद गतिविधिहरू मार्फत मानसिक स्वास्थ्य र सामाजिक सीपहरूमा ध्यान केन्द्रित गर्नेछ । यसले उनीहरूको जिम्मेवारी, अनुशासन, साथीहरू बीचको सम्बन्ध र नेतृत्व विकास , भविष्यमा चुनौतीहरूको सामना गर्न र व्यक्तिगत विकासको लागि उनीहरूको प्रतिभा अन्वेषण गर्न मद्दत गर्दछ ।

EM युवा नेतृत्व प्रशिक्षण कार्यक्रम

युवा नेतृत्वलाई प्रोत्साहान गर्न आवश्यक छ । P.4-F.3 का विद्यार्थीहरुलाई EM युवा नेतृत्व प्रशिक्षण कार्यक्रमहरूले नागरिक जिम्मेवारी,अनुकूलन, सामना गर्ने कौशलता र सांस्कृतिक संलग्नताको विकास गर्नेछ । प्रशिक्षणमा युवा नेतृहरूलाई विभिन्न कार्यक्रमहरूमा स्वयंसेवा गर्ने अवसरहरू सहित साहसिक-आधारित गतिविधिहरू समावेश छन् ।

EM युवा योग्यता तालिम

EM युवाहरूको आत्म-सम्मान र आत्मविश्वास बढाउनको लागि, क्षमतामा आधारित दक्षता प्रशिक्षण सञ्चालन गरिनेछ । यस्ता तालिमहरूले युवाहरूलाई विभिन्न खेलकुद र कलाक्षेत्रमा आफ्नो सीप विस्तार गर्न मद्दत गर्नेछ । क्षमता विकासले उनीहरूको आफ्नो छवि र आत्मविश्वास बढाउन , उनीहरूको समग्र विकासलाई लाभ पुर्याउने आशा गरिन्छ ।

एम्ब्रेस योर ट्यालेन्ट ( तपाईको प्रतिभालाई अप्नाउनुहोस्)

CHEER ले हरेक युवामा अद्वितीय प्रतिभा र क्षमता भएको विश्वास गर्दछ । यी प्रतिभाहरू प्रस्तुत गर्न, विद्यालयहरू, गैर-सरकारी संस्थाहरू, र EM समूहहरूलाई सहभागी हुन आमन्त्रित गर्दै वार्षिक प्रतियोगिता/प्रस्तुत गर्ने समारोह आयोजना गर्दछ । EM युवाहरूले गायन, नृत्य, खेलकुद, सांगीतिक वाद्यबाजा, नाटक ईत्यादि मार्फत आफ्नो कौशलताहरू प्रदर्शन गर्न सक्छन् ।

परामर्श र सिफारिस सेवाहरू

तोकिएको परामर्श हटलाइन (टेलि. नं.: 5222-0554) कायम गरिनेछ र EM युवाहरू, उनीहरूको परिवार साथै विद्यालयका कर्मचारीहरूलाई मुख्यतया शिक्षा र करियर मार्गदर्शन र जानकारीमा परामर्श सेवाहरू प्रदान गरिनेछ । सम्पर्क गर्नेहरूको आवश्यकता अनुसार सिफारिस सेवा पनि उपलब्ध गरिनेछ ।
प्रत्येक हप्ता हटलाइनको 8 सत्रहरू संचालन हुनेछन् र संचालन समय निम्नानुसार हुनेछ:

समय/दिन सोम मंगल बुध बिहि शुक्र शनि आइत
1:00pm-5:00pm खुल्ला खुल्ला खुल्ला खुल्ला खुल्ला खुल्ला बन्द
5:00pm-9:00pm खुल्ला बन्द बन्द बन्द खुल्ला बन्द बन्द

P1-P3, P4-P6 र S1-S3 विद्यार्थीका लागि उनीहरुको पढाई र पढेको कुरालाई फेरी दोहोराई सिक्नमा सहयोग पुर्याउन स्कूल पश्चात् समर्थन कक्षाहरु आयोजित गरिनेछ । हप्तामा एक वा दुई पटक आशिंक शिक्षकहरु (पोष्ट-सेकेन्डरी शिक्षा उत्तीर्ण भएका) र /वा स्वयंसेवकहरु (कम्तिमा पनि उच्च माध्यमिक तहका ) द्वारा सानो समूहमा मार्गदर्शन प्रदान गरिनेछ । माध्यमिक विद्यार्थीहरूको लागि, चिनियाँ र गणित विषयमा गहन पूर्व-परीक्षा मार्गदर्शनमा ध्यान केन्द्रित गरिनेछ ।

कृपया भाषा छनोट गर्नुहोस्