नयाँ रोजगारीको लागि तयारी

मैले रोजगारीको लागि आवेदन गर्दा के के तयारी गर्नुपर्छ ?
रिजूमी

रिजूमीमा तपाईले ईच्छा गरेको प्रासंगिक रोजगारको क्षेत्रमा प्रवेश गर्नको लागि आफ्नो सीप, क्षमताहरु र उपलब्धीहरु सारांशमा 1-2 पृष्ठ(हरु)मा उल्लेख गरेको हुनुपर्छ । तपाई को हो भनि चिनाउने यो एउटा छोटो परिचय हो ।

कभर लेटर

कभर लेटर भन्नाले तपाईको रिजूमीलाई विस्तार गर्ने एक पत्र हो । यसले तपाईको परिचय दिन र तपाई बारे प्रवर्द्धन गर्न मद्दत गर्दछ जसले गर्दा रोजगारदाताहरुलाई तपाईको आवेदन स्वीकार गर्न वा अन्तर्वार्ताको लागि बोलाउन मद्दत गर्दछ ।

रेफरी (सिफारिस गर्ने व्यक्ति )

रेफरी भन्नाले तपाईको हालको/अघिल्लो पर्यवेक्षक वा जो तपाईको भूतपूर्व काम/ बानीव्यवहारसँग परिचित छन् । पक्षपात हुन नदिन परिवारका सदस्यहरु रेफरीको रुपमा सिफारिश लिइन्दैन । सबै अवस्थामा, कुनै व्यक्तिबाट सिफारिस लिनु भन्दा अघि अनुमति लिनुहोस् ।

टिप्पणीहरु:

1. सम्पूर्ण जानकारीहरु पुरा हुनुपर्छ र समर्थन गर्ने कागजातहरुको अनुरुपमा हुनुपर्छ । उदाहरणको लागि प्रमाणपत्रहरु र रोजगार सन्दर्भ पत्र आदि

2. सबै कागजातहरु सफा, सुव्यवस्थित र राम्रो हुनुपर्छ ।

3. कम्पनीले तपाईलाई उनीहरुको रोजगार आवेदन फारम भर्न आवश्यक ठान्नसक्छ । जानकारी रिजूमी अनुकूल भएको सुनिश्चित गर्नुहोस् ।

रोजगार अन्तर्वार्तामा जान्न अघि मैले के तयारी गर्नुपर्छ ?

गर्न हुने | नगर्नुहुने

जतिसक्दो कम्पनी र साक्षात्कारकर्ताको बारेमा धेरै अध्ययन गर्नुहोस् ।

तपाईले अन्तर्वार्ता दिन जानु हुने उद्योग वा पद बारेमा केहि अध्ययन नगरी त्यति कै नजानुहोस् । राम्रो तयारी नगर्नुको कारण जागिरको लागि ईच्छा नभएको जस्तो देखिन्छ।

सम्भावित अन्तर्वार्ताको प्रश्नहरू अनुमान गर्नुहोस् र तपाईको जवाफहरु सोच्नुहोस् ।

पहिलो पटकमा राम्ररी प्रस्तुत हुनुहोस् । समयनिष्ठ बन्नुहोस् । सफा लुगा लगाउनुहोस् ।

ढिलो नहुनुहोस् वा अस्त-व्यस्त भई प्रस्तुत नहुनुहोस् ।

पूर्ण रुपमा इमानदारीता साथ प्रश्नहरुको जवाफ दिनुहोस् । नम्र भई संक्षिप्तमा आफ्नो व्यक्तित्वको राम्रो प्रस्तुती दिनुहोस् ।

आफ्नो उपलब्धीहरु बारे बढाइचढाइ नगर्नुहोस् वा झूट नबोल्नुहोस् ।

विनम्र, सम्मानजनक र सकारात्मक रहनुहोस् ।

पूर्व रोजगारदाताहरु वा पछिल्लो जागिरहरु बारे गुनासो नगर्नुहोस् ।

तपाईले विज्ञापनबाट जवाफहरु पाउन नसकेको तर जान्न इच्छुक प्रश्नहरु बारे सोध्नुहोस् ।

कृपया भाषा छनोट गर्नुहोस्