अनिवार्य संचय कोष (MPF)

यदि तपाई एक कर्मचारी वा स्व-रोजगार व्यक्ति हुनुहुन्छ भने, MPF प्रणालीले तपाईलाई आफ्नो अवकाशको लागि बचत गर्न सक्षम बनाउँछ । छूट प्राप्त व्यक्तिहरू बाहेक, 18 वर्ष देखि 65 वर्ष मुनिका सबै जागिरेहरु MPF योजनाहरूमा सामेल हुन आवश्यक छ । तलका निम्न छूट प्राप्त वर्गहरू हुन्:
  • घरेलु कर्मचारीहरू (विदेशी घरेलु कर्मचारीहरू सहित);
  • स्व-रोजगार फेरीवाला(हकर्स);
  • वैधानिक पेन्सन वा संचय कोष योजनाहरू भित्र पर्ने व्यक्तिहरू, जस्तै निजामती कर्मचारीहरू र अनुदान प्राप्त वा अनुदानित विद्यालयका शिक्षकहरू;
  • पेशागत सेवानिवृत्ति योजनाका सदस्यहरू जसलाई छूट प्रमाणपत्रहरू प्रदान गरिन्छ;
  • 13 महिना भन्दा कम समयको लागि हङकङमा वैदेशिक रोजगारको सिलसिलामा प्रवेश गर्ने व्यक्तिहरु वा जसलाई वैदेशिक सेवानिवृत्ति योजनाहरू द्वारा सुरक्षित गरिएको छ; र
  • हङकङमा युरोपियन कमिशनको युरोपियन युनियन अफिस (युरोपेली आयोगको युरोपेली संघ कार्यालय)का कर्मचारीहरू ।
तपाईको रोजगारदाताले तपाईलाई MPF योजनामा दर्ता गरेपछि, MPF ट्रस्टीबाट तपाईलाई सदस्यता प्रमाणपत्र जारी गरिनेछ । तपाईसँग योजना अन्तर्गत प्रस्तावित लगानी कोषहरू मध्ये छनौट गर्ने अधिकार छ ।

अनिवार्य योगदानहरू कर्मचारीको सान्दर्भिक आयको 5% को आधारमा गणना गरिन्छ, रोजगारदाताले पनि 5% योगदान गर्दछ । एक कर्मचारीको अनिवार्य योगदानहरू न्यूनतम र अधिकतम सान्दर्भिक आय स्तरहरूको आधारमा हुन्छ, जबकि एक रोजगारदाताको अनिवार्य योगदानहरू अधिकतम सान्दर्भिक आय स्तरको आधारमा हुन्छ । स्व-रोजगार व्यक्तिहरूले पनि आफ्नो सान्दर्भिक आम्दानीको न्यूनतम र अधिकतम स्तरको आधारमा 5% योगदान गर्नुपर्छ ।

जब तपाई सेवानिवृत्तिको उमेर 65 वर्ष पुग्नुहुन्छ, वा अन्य विशेष अवस्थाहरुको कारण जस्तै 60 मै अवकाश लिन चाहानु हुन्छ वा स्थायी रुपमा हङकङ छोड्न चाहानुहुन्छ भने तपाईले आफ्नो MPF योजनाबाट एकमुष्ट रकम झिक्न सक्नुहुन्छ ।

MPF को विवरणहरूको लागि:

हटलाइन: 2918 0102

वेबसाइट: www.mpfa.org.hk
कृपया भाषा छनोट गर्नुहोस्