कामको प्रवृत्तिको समीक्षा गर्नुहोस् र यदि सो पदको उम्मेदवारले क्यान्टोनिज वा अंग्रेजीमा पढ्न/लेख्न/सुन्न/बोल्न आवश्यक छ वा छैन भनि छुट्याउनुहोस् । यसले तपाईलाई सहि उम्मेद्वार सजिलै छनोट गर्नमा मद्दत गर्दछ!
तपाईले प्याकिङ गर्नका लागि कर्मचारी राख्न चाहनुहुन्छ भने, सो कर्मचारीले सामानलाई बेर्नु मात्र पर्ने र अरूसँग कुराकानी गर्नु पर्ने आवश्यक पर्दैन ।
अर्थात् तपाईले क्यान्टोनिज/अंग्रेजी भाषा बोल्न नसक्ने वा कम बोल्न सक्ने कर्मचारीलाई नियुक्त गर्नु पर्ने आवश्यक हुन्छ ।
तपाईले ट्रक चालकलाई काममा राख्न चाहनुहुन्छ र उनीसँगै ठेगाना पढ्न सक्ने एक चिनियाँ कामदार हुनेछ ।
अर्थात् तपाईले कुनै क्यान्टोनिज/अंग्रेजी भाषा बोल्न नसक्ने /कम बोल्न सक्ने व्यक्ति तर काफी रुपमा क्यान्टोनिज/अंग्रेजी भाषा बोल्न सक्ने कर्मचारीलाई नियुक्त गर्न आवश्यक छ जसले गर्दा उनले/उसले चिनियाँ कामदारसँग कुराकानी गर्न सक्छन् ।
2. सांस्कृतिक संवेदनशीलता
हालका कर्मचारीहरूलाई अल्पसंख्यक जातीय कर्मचारीहरूको नियुक्ति बारे सूचना दिनुहोस् । माथिको जानकारी साझा गर्नुहोस् । यसले थप समझदारीपूर्ण काम गर्ने वातावरण सिर्जना गर्न मद्दत गर्दछ ।
अल्पसंख्यक जातीय कर्मचारीहरूलाई अभिमुखीकरणको व्यवस्था गर्नुहोस् । यदि आवश्यक परेमा, अल्पसंख्यक जातीय कर्मचारीहरूले महत्त्वपूर्ण बुँदाहरु पूर्ण रूपमा बुझेका छन् भनी सुनिश्चित गर्न मुख्य बुँदाहरूलाई अंग्रेजी वा उनीहरूका जातीय भाषाहरूमा अनुवाद गर्नुहोस् ।
कुनै पनि गलत बुझाइ नहोस् भनी सुनिश्चित गर्न अल्पसंख्यक जातीय कर्मचारीहरूलाई गर्नु हुने र नहुने कुराहरूको विवरण स्पष्ट रूपले बताउनुहोस् ।
के CHEER को कुनै सेवाले मलाई अल्पसंख्यक जातीयलाई रोजगार दिनका लागि मद्दत गर्न सक्छ ?
- रोजगारदाताहरूले रोजगार रिक्त फारम पुरा गरेर CHEER मा रिक्त पदहरूको जानकारी दिन स्वागत गर्दछ ।
- CHEER ले रोजगार रिक्त फारम पाउने बित्तिकै चाँडो भन्दा चाँडो तपाईको कम्पनीको रिक्त पदको लागि आहवन गर्नेछ ।
- प्रत्येक रिक्त पदहरूको आवेदन 2 महिनाको लागि मान्य रहनेछ ।
- तपाईलाई रिक्त पदहरूको आवेदन प्रक्रिया भईरहेको चरणमा वा रिक्त पदहरूको आवेदन अझै मान्य भएको बेलामा सोहि आवेदन फेरि पेश नगर्न अनुरोध गरिन्छ । यदि तपाईलाई सम्पर्क गर्ने माध्यम वा रोजगारीका सर्तहरू परिवर्तन भएमा, वा यदि रिक्त पदहरू भरिएमा, कृपया हामीलाई तुरून्त सूचित गर्नुहोस् ।
- CHEER ले रिक्त पदहरूको आवेदनको विषय वस्तुहरूलाई सम्पादन र संशोधन गर्ने अधिकार राख्दछ; र तपाईले CHEER मा र CHEER को वेबसाईटमा उपलब्ध गर्ने कुनै पनि रिक्त पदहरूको आवेदन प्रक्रियामा राख्ने वा प्रचार गर्न अस्वीकार गर्ने अधिकार राख्दछ ।