भाषा अवरोधहरु कसरी कम गर्ने ?

Q: के मैले CHEER लाई दोभाषे सेवाको लागि कल गर्न सक्छु ?

A: सक्नुहुन्छ ! CHEER ले हङकङका सबै अल्पसंख्यक जातीयहरूलाई नि: शुल्क टेलिफोन दोभाषे सेवा (TELIS) प्रदान गर्दछ!
TELIS को कार्य संचालनको समय भित्र (सोमबार देखि आईतबार बिहानको 8 बजे देखि रातिको 10 बजे सम्म, सार्वजनिक बिदामा बाहेक), CHEER का दोभाषेहरूले तपाईलाई तत्काल TELIS सहयोग प्रदान गर्दछ!

telis

Q: म स्कूल टिचरसँग कुराकानी गर्न चाहन्छु र मेरो मेडिकल अपोइन्टमेन्ट चाँडै नै आउँदैछ, के मैले सेवा प्रदायकहरुलाई एक दोभाषेको व्यवस्था मिलाई दिन भनि अनुरोध गर्न सक्छु?

A: अवश्य सक्नुहुन्छ ! CHEER ले स्थानमा दिईने दोभाषे सेवा (OIS) प्रदान गर्दछ , जसमा तपाई, सेवाप्रदायक र दोभाषे बीच प्रत्यक्ष रुपमा अनुवाद प्रदान गरिन्छ ।
OIS सेवाप्रदायकको अनुरोधमा प्रदान गरिने हुनाले, कृपया तपाईको सेवाप्रदायकलाई CHEER मा आवेदन गर्न अनुरोध गर्नुहोस्। यदि तपाईलाई सेवाप्रदायकहरूसँग कुराकानी गर्न अप्ठ्यारो भएमा, कृपया हाम्रो टेलिफोन दोभाषे सेवा प्रयोग गर्नुहोस् (प्रश्न 1 मा हर्नुहोस् )

ois

Q: यदि मैले अंग्रेजीमा लेखिएका सार्वजनिक सेवा सम्बन्धी जानकारीहरु पढ्न सकिन भने के मैले CHEER को सहयोग लिन सक्छु ?

A: व्हाट्सएप तथा दृष्ट अनुवाद सेवा (WSIS) द्वारा मद्दत गर्न सकिन्छ ।
कृपया तपाईको कागजातहरू साथमा लिई हाम्रो केन्द्रमा सोमबार: 9am-5pm; मंगलबार देखि आईतबार: 9am-9pm भित्र आउनुहोस् (सार्वजनिक विदाहरुमा बाहेक)। CHEER को दोभाषेले अंग्रेजीमा लिखित छोटो जानकारी वा फारमहरुको 8 EM भाषाहरुमा मौखिक रुपमा अनुवाद गर्नेछ । तपाईले आफ्नो अनुरोध 5634 4587 मा व्हाट्सएप गरी यो सेवा प्राप्त गर्न सक्नुहुन्छ।

के मैले यो सेवाको लागि शुल्क तिर्न आवश्यक छ ?

अल्पसंख्यक जातीय प्रयोगकर्ताहरूका लागि CHEER को दोभाषे सेवा नि: शुल्क हो।
सेवा प्रदायकहरुको अनुरोधमा स्थानमा दिईने दोभाषे सेवा (OIS) र समकालिक दोभाषे सेवाहरु प्रदान गरिन्छ र सेवा शुल्क उनीहरुले भुक्तान गर्नु पर्ने हुन्छ । यदि तपाईलाई स्थानमा दिईने दोभाषे सेवा (OIS) प्रयोग गर्नु परेमा, कृपया तपाईको सेवा प्रदायकलाई अनुरोध गर्नुहोस्।

Share:
कृपया भाषा छनोट गर्नुहोस्