समकालिक दोभाषे सेवा (SIS)

  • सार्वजनिक सेवा प्रदायक र अल्पसंख्यक जातीय निवासीहरु भएकै स्थानमा हाम्रा दोभाषेहरु प्रत्येक्ष रुपमा उपस्थित भई दिइने अनुवाद सेवा हो । यसले सार्वजनिक सेवा प्रदायकहरुलाई कार्यशाला र गोष्ठीहरुमा सम्बन्धित EM निवासीहरुको समूहलाई आवश्यक जानकारी प्रसारण गर्न सहयोग गर्दछ ।
  • सार्वजनिक सेवा प्रदायकको अनुरोधमा मात्रै SIS सेवा प्रदान गरिनेछ ।

  • SIS अनुरोध फारम
    डाउनलोड गर्नुहोस्।

    • अनुरोधमा उपकरण उपलब्ध गराउन सकिन्छ ।

सार्वजनिक सेवा प्रदायकहरुले कम्तीमा 24 घण्टा अघि फ्याक्स (+852 3106 0455) वा ईमेल (tis-cheer@hkcs.org) वा
अनलाईन
मार्फत अपोइन्टमेन्ट लिनको लागि आवेदन पेश गर्न सक्छन् । SIS को जवाफ 24 घण्टा भित्र इमेल मार्फत दिइनेछ ।

सोमबार देखि शुक्रबार: 9 am – 6 pm
शनिबार: 9 am – 2 pm
*सेवा संचालन अवधि भन्दा बाहिर आवश्यकता अनुसार सेवा उपलब्ध गरिनेछ तर सार्वजनिक बिदाहरुमा बन्द रहनेछ ।

सेवा शुल्क निम्नानुसार छन्:

 

सरकारी विभागहरू तथा सार्वजनिक सेवा एकाइहरू  

निजी एकाइहरू

विद्यालयहरु तथा NGOs
सेवा संचालन अवधि: $200 प्रति घण्टा $1000 प्रति घण्टा नि: शुल्क*
सेवा संचालन अवधि भन्दा बाहिर: $400 प्रति घण्टा $2000 प्रति घण्टा नि: शुल्क*

प्रति युनिट 15 मिनेटको आधारमा शुल्क गणना गरिन्छ ।

NGOs द्वारा प्रदान गरिने *केहि प्रशिक्षणको लागि शुल्क लिइनेछ ।

कृपया भाषा छनोट गर्नुहोस्