समकालिक दोभाषे सेवा (SIS)

  • सार्वजनिक सेवा प्रदायक र अल्पसंख्यक जातीय निवासीहरु भएकै स्थानमा हाम्रा दोभाषेहरु प्रत्येक्ष रुपमा उपस्थित भई दिइने अनुवाद सेवा हो । यसले सार्वजनिक सेवा प्रदायकहरुलाई कार्यशाला र गोष्ठीहरुमा सम्बन्धित EM निवासीहरुको समूहलाई आवश्यक जानकारी प्रसारण गर्न सहयोग गर्दछ ।
  • सार्वजनिक सेवा प्रदायकको अनुरोधमा मात्रै SIS सेवा प्रदान गरिनेछ ।
  • SIS अनुरोध फारम डाउनलोड गर्नुहोस्।

सार्वजनिक सेवा प्रदायकहरुले कम्तीमा 21 कार्य दिन अघि फ्याक्स (+852 31060455) वा ईमेल (tis-cheer@hkcs.org) वा अनलाईन मार्फत नियुक्ति लिन आवेदन गर्न सक्छन् ।

सोमबार देखि शुक्रबार : 10am-6pm
शनिबार: 10am -2pm
*सेवा संचालन अवधि भन्दा बाहिर आवश्यकता अनुसार सेवा उपलब्ध गरिनेछ तर सार्वजनिक बिदाहरुमा बन्द रहनेछ ।

सरकारी विभागका सेवा प्रदायकहरु र *NGOs को लागि सेवा शुल्क निम्नानुसार छन्:
  1. SIS शुल्क संचालन समय भित्र $200/ घण्टा
  2. SIS शुल्क संचालन समय बाहिर $400/ घण्टा
  3. NGOs* तथा विद्यालयहरुको लागि नि: शुल्क गरिएको छ ।
    NGOs द्वारा प्रदान गरिने *केहि प्रशिक्षणको लागि शुल्क लिइनेछ ।

कृपया भाषा छनोट गर्नुहोस्