(English) Sharing from people who had used CHEER’s Interpretation and Translation ServicesPrint

मिस डेजी फान

सामाजिक कार्यकर्ता
पो ल्यङ्ग कोक, लाउ च्यान सिउ पो परिवार र बालबच्चा एकीकृत सेवा केन्द्र

मैले मेरो केसको लागि CHEER को व्याख्या सेवा प्रयोग गरेको छु। मेरो ग्राहकले थोरै केन्टोनीज बोल्न सकेपनि, दोभाषे सेवाको आवश्यकता पर्दछ किनभने उनले बुझ्ने भाषा प्रयोग गर्नाले उनले मेरो सन्देश पूर्णरूपमा बुझिन् भनि सुनिश्चित गर्न सहयोग गर्दछ। दोभाषे सेवाले मलाई मेरो ग्राहकलाई ठीक र सही रूपमा सामाजिक कल्याण नीतिको बारेमा बताउन समर्थ बनायो। म CHEER बाट प्रदान गरिएको दोभाषे सेवाको सराहना गर्दछु जसको दोभाषे व्यावसायिक र जिम्मेवार थियो।
.

मिस थापा धन कुमारी

नेपाली सेवा उपयोगकर्ता

मैले CHEER को दोभाषे सेवाको प्रयोग गएको वर्ष देखि मात्र शुरू गरेको हो र आवश्यक परेको बेलामा सेवाहरूको उपयोग गर्दछु। म वृद्ध हुँ र मलाई न त अंग्रेजी बोल्न आँउछ न त केन्टोनीज बोल्न आँउछ, त्यसैले मलाई र मेरो परिवारलाई समुदायमा भएको सेवाको उपभोग गर्न गाह्रो भएको थियो। मैले यो सेवाको प्रयोग गर्नु परेको एउटा कारण हो भाषाको अवरोध, र जब देखि मैले यो सेवाको प्रयोग शुरू गरे मैले वेलफेयरको बारेमा धेरै कुरा बुझे जुन समुदायमा आवश्यकता परेकाहरूका लागि प्रदान गरिन्छ, उदाहरणको लागि मलाई आवास नीतिको विषयमा धेरै जानकारी थिएन र सरकारी घरको लागि आवेदन गर्दा कुन प्रकारको मापदंड पूरा गर्नु पर्छ त्यो कुरा थाहा थिएन।
.

CHEER को दोभाषे सेवाको उपयोग गरिसकेपछि, मलाई धेरै आनन्द भएको छ, यदि यस प्रकारको सेवा नभईदिएको भएँ, मलाई लाग्छ अंग्रेजी र केन्टोनीज बोल्न नजान्ने EM मानिसहरूलाई धेरै अप्ठ्यारो हुन्थ्यो होला, र समुदायमा भाषा अवरोधले गर्दा धेरै कठिनाइहरू हुने थियो होला। अब हामीलाई कम्तिमा हामीले के पाउन सक्छौं भनेर थाहा भयो।

Leave a Reply