मान्डाटरी प्रभिडेन्ट फंड (MPF)Print

अनिवार्य संचय कोष (एम.पी.एफ)

यदि तपाई कुनै कर्मचारी अथवा आफ्नै कारोबार चलाउने व्यक्ति हुनुहुन्छ भने, संचयकोष (एम.पी.एफ) प्रणालीले तपाईलाई आफ्नो अवकाश प्राप्तिको लागि बचत गर्नमा मद्दत पुर्याउँछ।  यसबाट छूट दिइएका व्यक्तिहरु बाहेक, 18 देखि 65 वर्ष उमेर भएका कर्मचारीहरु साथै स्व: नियुक्त कर्मचारीहरु संचयकोष (एम.पी.एफ.) योजनामा सामेल हुनु जरुरी छ। निम्नलिखित वर्गहरुलाई भने यसबाट छूट दिइएको छ-

  • घरेलु कर्मचारीहरु (घरेलु काम गर्ने विदेशीहरु लगायत);
  • स्व: नियुक्त फेरिवालहरु;
  • लोक सेवा अंतर्गत कार्य गर्नेहरु अनि छूट वा अनुदान प्राप्त गर्ने स्कूलमा शिक्षकहरु जस्ता व्यक्तिहरु, जो कानुनी तवरमा पेन्शनको हकदार छन् वा जो अनिवार्य संचयकोषद्वारा बाँधिएका छन्;
  • पेशासित सम्बद्ध अवकाश प्राप्ति योजनाका सदस्यहरु जसलाई छूट प्रमाण पत्र दिइन्छ;
  • ती व्यक्तिहरु जो विदेशबाट हङकङमा 13 महिना भन्दा कम्ती समयको निम्ति काम गर्न आउँछन्, वा जो विदेशको सेवा निवृत्ति योजनासित सम्बद्ध हुन्छन् अनि
  • हङकङ स्थित यूरोपेली आयोगको यूरोपेली संघ कार्यालयका कर्मचारीहरु।

तपाईको रोजगारदाताले अनिवार्य संचयकोष (एम.पी.एफ.) योजनामा एकपल्ट तपाईलाई सामेल गरिसकेपछि, संचयकोष (एम.पी. एफ.) ट्रस्टी (न्यासी) -द्वारा तपाईलाई सदस्यता प्रमाण पत्र जारी गरिनेछ। योजना अंतर्गत प्रस्तावित, स्थापित गररिएका कोषहरुमध्ये एकलाई छान्ने तपाईको अधिकार छ।   

अनिवार्य कटौतीको रकमको हिसाब, कर्मचारीको सम्बद्ध आयको 5% अनि यसमा रोजगारदाताको पनि त्यही 5% को योगदानको आधारमा गरिन्छ। कर्मचारीले योगदान गर्नुपर्ने अनिवार्य रकम सम्बद्ध आयको न्यूनतम अनि अधिकतम स्तरहरुमाथि निर्भर गर्छ। तर रोजगारदाताको अनिवार्य योगदान भने सम्बद्ध आयको अधिकतम स्तरको आधारमा निश्चित गरिन्छ। स्व: नियुक्त व्यक्तिहरुले पनि उनीहरुको सम्बद्ध आयको 5% संचयकोषमा दिनुपर्छ, अनि यो उनीहरुको सम्बद्ध आयको न्यूनतम तथा अधिकतम स्तरहरुमाथि निर्भर गर्छ।

तपाईले संचयकोष (एम.पी.एफ.) योजनामा जम्मा भएको सम्पूर्ण रकम सेवा-ननिव्रत्तिको उमेर अर्थात् 65 वर्ष पुग्दा प्राप्त गर्नु सक्नुहुन्छ, या अन्य विषेश परिस्थिति जस्तै 60 वर्षमा चाँड़ै सेवा-ननिव्रत्ति लिंदा या हङकङबाट स्थायी रुपमा प्रस्थान गर्दा प्राप्त गर्नु सक्नुहुन्छ ।

संचयकोष (एम.पी.एफ.) योजनाको जानकारीकोलागि

हटलाइन:  2918 0102

वेबसाइट: www.mpfa.org.hk