मलाई दोभाषे अनुवाद सेवाको जरुरत छPrint

Q: के मैले CHEER को दोभाषे सेवामा कल गर्न सक्छु?
TELIS


A: सक्नुहुन्छ! CHEER ले हङकङका सबै अल्पसंख्यक जातीयहरूलाई निशुल्क टेलिफोन दोभाषे सेवा प्रदान गर्दछ!

TELIS को कार्य संचालनको समयमा (सोमबार देखि आइतबार 8am देखि 10pm सम्म, सार्वजनिक बिदामा बाहेक), CHEER का दोभाषेहरूले तपाईलाई तुरून्त TELIS सहयोग प्रदान गर्दछ!

भाषाहरु हटलाइन
Indonesia Flag Thailand Flag Philippines Flag
बाहासा ईन्डोनेशिया थाई तागालोग

37556811

India Flag Nepal Flag
हिन्दी नेपाली

37556822

India Flag Pakistan Flag Pakistan Flag
पन्जाबी उर्दू

37556833

*गैर-कार्य संचालनको समयमा ( उदाहरणको लागि 10pm देखि 8am सम्म सोमबार देखि आइतबार, र सार्वजनिक बिदामा), अंग्रेजी बोल्ने/केन्टोनिज बोल्ने तयार रहेका कर्मचारीले TELIS हटलाइनहरूमा दोभाषेको लागि अत्यावश्यक विषयहरूको लागि अनुरोध गरेमा सहयोग प्रदान गर्नेछन् ।


TELIS को थप जानकारीको लागि यँहा दबाउनुहोस्।

Q: म स्कूलको शिक्षकसँग कुरा गर्न चाहान्छु र मेरो चाडै चिकित्साको लागि समय तोकिएको छ, के मैले सेवादाताहरूलाई मेरो लागि दोभाषेको बन्दोबस्त गर्न अनुरोध गर्न सक्छु?EIS
A: अवश्य! CHEER ले ठाँउमा गएर दोभाषे सेवा (EIS) गर्दछ, जुन देखा-देख गरेर तपाईं, सेवादाता र दोभाषेको बीच गरिन्छ।

सेवादाताको अनुरोधमा प्रदान गरिने हुनाले कृपया तपाईंको सेवादातालाई CHEER मा आवेदन गर्न अनुरोध गर्नुहोस्। यदि तपाईंलाई सेवादाताहरूसँग कुरा गर्न अप्ठ्यारो परेमा, कृपया हाम्रो टेलिफोन दोभाषे सेवा प्रयोग गर्नुहोस् (प्रश्न 1 को सन्दर्भ लिनुहोस्)

EIS को थप जानकारीको लागि यँहा दबाउनुहोस्।

Q: यदि मैले अंग्रेजी र/या चिनियाँमा लेखिएका सार्वजनिक सेवाका जानकारीहरू पढ्न सकिन भने के CHEER लाई सहयोगको लागि भन्न सक्छु?OSIS
A: पढेर गरिने दोभाषे सेवाले सहयोग गर्न सक्छ!

अंग्रेजी कागजातको लागि, कृपया तपाईंको कागजातहरू साथमा लिएर हाम्रो केन्द्रमा सोमबार देखि शनिबार 9am-9pm; आइतबार 9am-5pm मा आउनुहोस् (सार्वजनिक विदामा बाहेक)। CHEER का दोभाषेले अंग्रेजीमा लेखिएको छोटो कागजात वा फारमहरूको सात EM भाषाहरूमा मौखिक व्याख्या गर्दछ
चिनियाँ कागजातको लागि, कृपया तपाईंको कागजातहरू साथमा लिएर हाम्रो केन्द्रमा मंगलबार-बुधबार 6pm-9pm मा आउनुहोस् (सार्वजनिक विदामा बाहेक)। CHEER का चिनियाँ कर्मचारीले अंग्रेजीमा लेखिएको कागजात अंग्रेजीमा व्याख्या गर्नेछ र दोभाषेले त्यसलाई व्याख्या गर्नेछ।

OSIS को थप जानकारीको लागि यँहा दबाउनुहोस्।

Q: के मैले सेवाको लागि पैसा तिर्नु पर्छ?
A: अल्पसंख्यक जातीय प्रयोगकर्ताहरूको लागि CHEER को दोभाषे सेवा निशुल्क हो।
ठाँउमा गएर दोभाषे सेवा (EIS) र एक साथ गरिने दोभाषे सेवाको लागि सेवादाताहरूले अनुरोध गरेमा प्रदान गरिन्छ र सेवा शुल्क उनीहरूले तिर्नुपर्छ। यदि तपाईंलाई ठाँउमा गएर दोभाषे सेवा (EIS) प्रयोग गर्नु परेमा कृपया तपाईंको सेवादाताहरूलाई अनुरोध गर्नुहोस्।