(English) Sharing by CHEER’s Interpreter/TranslatorPrint

दोभाषेको रूपमा मेरो अपेक्षाहरू

 

मिस्टर देवान चिराग राई, CHEER संयोजक (दोभाषे)

जब हामीहरू सानो थियौं हामीहरूले पढ्ने गर्थ्यौं कि मानिसहरूको आधारभुत आवश्यकताहरू एकै प्रकारको हुन्छन् जुन हो भोजन र आश्रय। त्यसैले तपाईहरूले यस्तो ठाँऊमा यो सबै कसरी पाउनु हुन्छ जहाँ भाषा अवरोधले गर्दा यी सबै आवश्यकताहरू पाउन सकिदैन? त्यही भएर त्यहाँ हामी, दोभाषेहरू यस खेलमा आउदछौं जहाँ दुइ पक्ष बीच एक आपसमा कुराकानी गर्न साझा भाषा बोलिदैन।

म, आफुले सामुदायिक दोभाषेको रूपमा तीन वर्ष अगाडि देखि मात्र काम गर्न थालेको हो। मैले ती मानिसहरू जसलाई कसैसँग बोल्न अप्ठ्यारो परेको हुन्थ्यो तिनीहरूको लागि धेरै अनपौचारिक व्याख्याहरू गरे तर मैले काम गर्न थालेपछि मात्र थाहा पाएँ कि हामीले पालन गर्नुपर्ने केही मार्गनिर्देशनहरू छन् भनेर।

यी मार्गनिर्देशनहरू महत्वपूर्ण हुन्छन् किनभने यसले हामीलाई एक नैतिक रूपरेखा तयार मात्रै नगरेर यसले गोपनीयताको मुद्दाहरू, निष्पक्षता आदि जस्ता आफ्नो कठिनाइहरूको बारेमा नयाँ मानिसहरूसँग कुरा गर्नुपर्दा उनीहरूले महसुस गरिरहेको भयलाई शान्त बनाउँछ।

.

हुनत सबै दोभाषेहरूको काम आधारभुत रूपमा एउटै भएता पनि, त्यो हो भाषा स्रोत A बाट B मा व्याख्या गर्नु, एउटा समुदायको दोभाषेहरूको रूपमा हाम्रो भूमिका न्यायिक र चिकित्साको दोभाषेहरू भन्दा फरक यो कुरामा छ कि हामीहरूले समुदायलाई समुदायमा भएको तर भाषाको अवरोधको कारण विभिन्न मानिसहरूले पाउन नसकिरहेको विविध सुविधाहरूसम्म पुग्नमा सहयोग गर्दछौं।

अल्पसंख्यक जातीय समुदायको आवश्यकताहरू विभिन्न प्रकारको छन् जस्तै शिक्षा, स्वास्थ्य सेवाहरू, आवास आदि तर भाषा अवरोधले गर्दा उनीहरूले यस विषयमा केही भन्न सक्दैनन्। त्यस कारण म आशा गर्दछु कि मानिसहरू जसलाई आवश्यकता छ तर भाषा अवरोधले गर्दा यी पाउन सकिरहेका छैनन् उनीहरूले हाम्रो दोभाषे सेवा प्रयोग गर्नेछ र यसरी हङकङमा भएको सबैजनालाई सबै पूर्वाधार र सार्वजनिक संसाधानहरूको समानरूपमा पहुँच हुनेछ।

 


दोभाषेको रूपमा काम गर्दा – महत्त्व र सन्तुष्टि मिस्टर बिलाल-अन्वर, दोभाषे

CHEER मा दोभाषेको रूपमा काम गरेको लगभग चार वर्ष भई सक्यो। जब मैले दोभाषेको रूपमा काम शुरू गरे तब दोभाषेको बारेमा मेरो यस्तो बिचार थियो कि कोहि पनि जसलाई दुईवटा वा धेरै भाषा आउँछ त्यो दोभाषे हुनसक्छ, तर व्यावहारिक अनुभव पछि मैले बुझे कि यो त्यो भन्दा बढी हो,, त्यसैले मैले मेरो एजेन्सी द्वारा प्रदान गरिएको धेरै प्रशिक्षण सत्रहरूमा भाग लिए र व्यावसायिक अनुभवको माध्यमबाट मैले धेरै सिके, र, अहिले म आफ्नो कामबाट सन्तुष्ट छु कि मैले यसको सबै आवश्यकताहरू पूरा गर्दैछु।

कहिले काहिं यो काम धेरै तनावपूर्ण हुन्छ, विशेष गरी यदि व्याख्या सत्रको अवधि लामो भयो भने वा मामिला संवेदनशील वा दुःखद प्रकृतिको छ भने। तर दिनको अन्तमा यसले दोभाषेलाई धेरै सन्तुष्टि दिन्छ कि उसले आवश्यकता परेको मानिसलाई सहायता गर्यो भनेर र बिना व्याख्याको दुवै पार्टीलाई आफ्नो लक्ष्य र उद्देश्यलाई प्राप्त गर्न सम्भव हुने थिएन वा त्यति सजिलो हुने थिएन। मेरो अनुभवले मलाई भन्छ कि अझैपनि हङकङमा त्यस्ता मानिसहरू थुप्रै छन् जसको लागि दोभाषेको अभावमा जीवन जिउन गाह्रो भइरहेको छ। . मेरो व्यावसायिक पेशाको क्रममा एउटा मामिला यस्तो थियो जुन लगभग दुई वर्ष सम्म चलि रह्यो र त्यो अवधि भरि उपयोगकर्तालाई विभिन्न विभागहरू र संगठनहरूसँग धेरै पटक व्याख्याको आवश्यकता पर्यो, कहिले काहिं त तिनीलाई दिनमा एकपल्ट भन्दा बढी व्याख्या सेवाको आवश्यकता पर्थ्यो र त्यस विशेष मामिलाको लागि मैले उनको लागि धेरै चोटि व्याख्या प्रदान गरे। त्यसैले यसको अर्थ यो हो कि उसले उसको अधिकार प्राप्त गर्नको लागि गरेको संघर्षको बेलामा उसलाई संघर्षको हरेक पाइलामा दोभाषेको आवश्यकता थियो। यो जस्तै र यस्तै अन्य उदाहरणले न्याय, समानता र समाजसँग आफ्नोपना जगाउनको लागि दोभाषेको महत्वलाई दर्शाउछ। अर्कोतर्फ यस्तो सेवाको अभावमा समुदायका विशेष समूहले आफूलाई यो समुदायको भाग हैन र तिनीहरू कुनै अर्कै संसारबाट आएको हो भन्ने महसुस गर्न र सोच्न बाध्य बनाँउछ, किनभने तिनीहरूले भएको सेवाहरूलाई समानरूपमा उपभोग गर्न पाउदैनन् जसको लागि तिनीहरू योग्य हुन्छन्, र यही कारणले दोभाषेलाई एकदमै संतोष प्राप्त हुन्छ कि उहाँले मानिस र समाजमा सुधार ल्याउनको लागि साँच्चै नै केही महत्त्वपूर्ण काम गरिरहेको छ भनेर।

व्याख्या गर्नु पनि एउटा रोचक काम हो, किनकि एउटा दोभाषेले आफ्नो व्यावसायिक जीवनमा हरेक दिन केही नयाँ कुराको खोज गर्छ। एउटा दोभाषेले अत्यधिक विविध क्षेत्रमा व्याख्या गर्छ जस्तै कि सामाजिक सेवा, चिकित्सा, आवास, अध्यागमन, कानुन आदि त्यसैले वास्तवमा दोभाषेसँग आफ्नो कामको आवश्यकताहरूलाई पूरा गर्नको लागि अथाह र विविध प्रकृतिको ज्ञान हुनुपर्दछ। त्यसैले यो व्यक्तिगत वृद्धिको लागि राम्रो हो, किनभने दोभाषेले कामको फराकिलोपन प्रकृतिले गर्दा आफ्नो व्यावसायिक जीवनमा हरेक दिन केही नयाँ कुरा सिक्छ।

त्यसैले निष्कर्षको रूपमा दोभाषे भइ काम गरेर यस कामको लागि आवश्यक मानक पूरा गरी, अरू मानिसहरूलाई समानता र सहजताका साथ सेवाहरू उपभोग गर्नमा सहयोग गरेर, व्यवसायीहरूलाई समाजको भलाईको लागि आफ्नो सेवाहरू प्रदान गर्न सहयोग गरेर, र विभिन्न प्रकारका मानिसहरूसँग अन्तक्रिया गरेर र विभिन्न परिस्थितिहरूमा काम गरेर मेरो व्यक्तिगत सीपको विकास भएकोमा धेरै सन्तुष्ट छु।